ब्रेकिंग न्युज

कपिलवस्तुका वडा अध्यक्ष बालुवा चोरका नाइके ।



कपिलवस्तु  ।
कपिलवस्तुकामा नदी जन्य पदार्थ सङ्कलन गरी राखिएका स्थलहरू चोरी गरेका सामाग्रीले भर्ने गरेको स्थानीयले दाबी गरेका छन् । स्थानीय सरकारले चासो नदेखाउँदा नदी छेउछाउमा चोरी निकासी बढेको छ । बुद्धभुमी, बाणगंगा, कपिलवस्तु  नगरपालिका आसपासका क्षेत्रमा दिनहुँ नदी जन्य पदार्थ चोरी भएका छन् । स्थानीय सरकारले ठेक्का नलगाउँदा नदी आसपासमा घर भएका स्थानीयले चोरी गर्ने गरेको स्थानीयहरू बताउँछन् । 
नदी दोहन गर्नेले खोला तर्फ जाने बाटोको मुख्य चोक चोकमा मानिस राखी चोरी गर्ने गरेका छन् । प्रहरीले सूचना पाए पछि पक्राउ गर्न जाँदा बाटोमा बस्नेले फोन गरी प्रहरी आएको जानकारी दिने गर्दै आएका छन् । जसका कारण प्रहरीले चोरी गर्ने सवारी साधन समाउन समेत धौ धौ परेको छ । जिल्ला भरी बुद्धभुमी नगरपालिकामा ३ पटक, बाणगंगा नगरपालिकामा २ पटक र कपिलवस्तु नगरपालिकामा १ पटक प्रहरीले चोरी गरेको सवारी साधन पक्राउ गर्न सफल भएको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार नदी दोहन गर्दै अवस्थामा एक्स्काभेटर, ट्याक्टर पटक पटक पक्राउ गरेको बताइएको छ । यसै गरी इलाका प्रहरी कार्यालय पिपराले एकै दिन १२ ट्याक्टर समाएको थियो । सशस्त्र प्रहरीले कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकामा गरी २ पटक ट्याक्टर पक्राउ गरेको थियो । सूचनाका आधारमा पटक पटक खोलामा पक्राउ गर्न जाँदा प्रहरी खाली हात फर्कनु परेको थियो ।
जनप्रतिनिधि नै चोरको नाइके, आफन्तको नामबाट नदी दोहन ।
बुद्धभुमी नगरपालिकाको वडा नं. ५ मुकुरघाटमा करिब २ महिना देखी बालुवा डम्प गरिएको थियो । वडा नं. ५ का अध्यक्ष बेचन यादवले भाइको नाममा बालुवा चोरी गरी विक्री गर्दै आएका स्थानीय बताउँछन् । उनले वडा नं. ४ र ५ को सीमामा रहेको गुरुङ टोल नजिकको गुड्रुङ खोलाबाट बालुवा चोर्दै आएका थिए । बालुवा चोरी गर्नका लागि गौतम बुद्ध सामुदायिक बन क्षेत्र भित्र सडक बाटो बनाई खोला सम्म पुराइएको छ । बाटो निमार्णको बेला बन क्षेत्र सुरक्षाका लागि राखिएका ५ थान पोल समेत ढलेको सामुदायिक बनका एक सदस्यले बताए । 
नगरपालिका भित्र अवैध रूपमा नदी जन्य पदार्थ सङ्कलन गरी राखिएको भएता पनि नगरपालिकाले कुनै सोधखोज गरेको छैन । बुद्धभुमी नगरपालिकाका केही वडा अध्यक्षको बिक्रीका लागी अप्रत्यक्ष लगानी भएको हुँदा नगरपालिकाले बेवास्ता गरेको स्थानीयहरू बताउँछन् । 
यता कपिलवस्तु नगरपालिकाको रुदैलाघाटबाट समेत दैनिक रूपमा बालुवा चोरी गर्दै आएका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम दिनेश यादवमा भतिजा घनश्याम याद बले दैनिक रूपमा बालुवा चोरी गर्दै आएका छन् । उनले स्थानीय पत्रकारलाई समेत मिलाएको भनेर धाक लगाउँदै हिँड्ने गरेका छन् । रातको समयमा चोरी गर्दा सुरक्षाकर्मी आउन सक्ने चोक चोकमा मानिस खडा गरेर चोरेको स्थानीय बताउँछन् । ट्याक्टरको माध्यमबाट सङ्कलन गरिएका सामाग्री उनले खोला नजिकै राख्दै आएका छन् । नगरपालिकाको रिगरोड बनाउनको लागि सङ्कलन गरिएको स्थलमा लुकाएर राखेको हुँदा कसैले शङ्का गर्न नसकेको बताइएको छ । 
प्रहरीले समाउँछ तर जरिमाना नभई छुट्छन् ।
बुद्धभुमी नगरपालिका भित्र चोरी गर्न लाग्दा गोरुसिङ्गे प्रहरीले ४ ट्याक्टर समाएको थियो । वडा नं. १ मा नगरपालिका बाट बजेट विनियोजन गरी सञ्चालन भएको योजनाका लागि ढुङ्गा चोर्ने क्रममा स्थानीयको सहयोगमा प्रहरीले समाएको थियो । प्रहरी आएको सुइँको पाए पछि लोड गरेका ढुङ्गा चालकले खसालेको थिए । पक्राउ गरेको साधनमा सामाग्री नभए पछि बिना जरिमाना गाडी फर्काइएको थियो । प्रचलित कानुन अनुसार लोड नभएका सवारी साधनलाई जरिवाना गर्ने नियम नभएको हुँदा कागज गराई फर्काएको थियो । 

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६