स्वास्थ्य

भारतले आउँदो शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने



काठमाण्डौ २६ पुष । भारतले आउँदो शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदो शनिबारदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । भारतले यसअघि नै आउँदो जुलाईसम्ममा ३० करोड मानिसलाई खोप लगाउने घोषणा गरिसकेको छ । शनिबारदेखि सुरु हुने पहिलो चरणको खोप देशभरि निःशुल्क उपलब्ध गराउने खबरमा उल्लेख छ ।

भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्धको अभियानमा अग्रपङ्तिमा खटिएकाहरुलाई र त्यसपछि ५० वर्षभन्दा बढी उमेरका र जटिल स्वास्थ्य भएकाहरुलाई खोप लगाउने योजना बनाएको छ । बैठकमा खोप अभियानका लागि गरिएको पूर्व तयारीको समेत समिक्षा भएको बीबीसीले जनाएको छ । भारतले खोप अभियानका लागि झण्डै सवा ६ लाख जनालाई तालिम दिइसकेको छ ।भारत सरकारले स्वदेशमै उत्पादन भइरहेको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई आपतकालीन अनुमति दिइसकेको छ ।

प्रकाशित : २६ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६