कपिलवस्तु २७ पुस । कपिलवस्तको बाणगंगा नगरपालिकाबाट लागु औषधको कारोवार गर्ने दम्पती पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले आइतवार साँझ बाणगंगा नगरपालिका ४ ठाकुरापुर बस्ने वर्ष ४२ को पारस विश्वकर्मा र उनको ३७ वर्षिय पत्नी आरती देवी बिश्वकर्मालाई पक्राउ गरेको छ । उनीहरु सँग १ ग्राम १५० मिलिग्राम ब्राउन सुगर र ६६ हजार ६ सय ३५ रुपैया बरामद गरेको छ ।
दुबैले लागु औषध बिक्री गर्ने गरेको स्थानीयले दिएको सुचनाको आधारमा प्रहरीले छापा हानेको थियो । इलाका प्रहरी कार्यालय पिपराले पुस १७ गते २ जना, पुस २३ गते १ जना लागु औषधका कारोवारी लाई पक्राउ गरेको प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनु भयो । लागु औषध नियन्त्रण गर्नका लागि कपिलवस्तुमा प्रहरीले विशेष अभियान समेत संचालन गरेको छ ।
प्रतिक्रिया