चन्द्रौटा २ माघ । ऋतु अनुसारको मौषमका कारण प्रकृतिको उपहार स्वरुप सितलहर शुरु भएकोछ । यसवाट विपन्न र आय श्रोत न्यून भएक नागरिकलाई सुरक्षित राख्न स्थानीयतहले वहारको रुपमा न्यानो कम्वल वितरण शुरु गरेका छन् । यसैक्रममा कपिलवस्तुको विजयनगर गाउँपालिकाका ९ सय जनालाई कम्बल वितरण गरिएको छ । गाउँपालिकाभित्रका अति विपन्न र गरिब परिवारलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनु भएकोछ।
यस्तै प्रत्येक वर्ष फरक–फरक व्यक्तिहरुलाई कम्बल प्रदान गर्दै आइरहेको अध्यक्ष थापाले बताउनुभयो । शितलहरका कारण जाडो अत्यधिक बढिरहेको अवस्थामा अति गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरी सहयोग गरेको ५ नं वडाका वडाध्यक्ष अनवार मोहम्मद मुसलमान जानकारी दिनुभएको छ ।
पहिलो चरणमा ९ सय थान कम्वल वितरण गरिएको छ। जाडोको मात्रा हेरेपछि पुन खरिद गरेर वितरण गर्न सकिने पालिका अध्यक्ष थापाको भनाइछ । गाउँपालिकाबाट यसरी गरिब घरका परिवारले कम्बल पाएपछि खुसी समेत व्यक्त गरेका थिए । जाडोयाममा गाउँपालिकाकाले कम्बल प्रदान गरेको भन्दै बृद्धबृद्धाले गाउँपालिका अध्यक्ष थापालाई धन्यवादसमेत दिएका थिए ।
प्रतिक्रिया