लुम्बिनी

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि आक्रमण



काठमाडौं ६ माघ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए । 

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर दास बताउँछन् । उनको अनुसार ति बिरामीको अवस्था भर्ना गर्दा नै नाजुक थियो ।

‘बुटवलमा गरिएको पीसीआर नेगेटिभ देखाएको रिपोर्ट हेरेपछि हामीले इन्फ्लुएञ्जाको मात्रै शंका गरेर परीक्षण गर्न टेकु पठाएका थियौं,’ डाक्टर दासले भने, ‘टेकुमा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गरेछ, त्यो बेला पीसीआर पोजेटिभ आएको हामीलाई फोन मार्फत जानकारी आयो।’

पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारीपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको डाक्टर दास बताउँछन् । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । डाक्टर दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जादाँ ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै हातपात गरेको दास बताउछन् ।

‘हामीले इन्फ्लुएञ्जाको मात्र रिपोर्ट दिएर किन पीसीआरको रिपोर्ट नदिएको भनेर ल्याबलाई प्रश्न गर्दा पीसीआर जाँचको शुल्क दिएको छैन भन्ने जानकारी आयो,’ डाक्टर दासले भने, ‘तर मृततका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरे।’

प्रकाशित : ६ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६