बुटवल ७ माघ । भारतले बुधबार (आज) देखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ । मंगलबार ( हिजो ) भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार लगायतका मुलुकमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलव्ध गराउने जानकारी दिएको हो ।
विदेश मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटरमार्फत छिमेकी मुलुकहरुलाई बुधबारदेखि खोप वितरण सुरु गर्ने जानकारी दिएका छन् । नेपाल सरकारले भने भारतबाट खोप कहिले आइपुग्छ भन्ने निर्णय गरिनसकेपनि ६० लाख जनसंख्याका लागि कोभिसिल्ड खोप ल्याउने तयारी भएको जानकारी दिँदै आएको छ ।
प्रतिक्रिया