ब्रेकिंग न्युज

ग्यास सिलिण्डर लिक भएर गम्भीर घाइते भएका एक जनाको ज्यान गयो



दाङ ७ माघ । दाङ खाना पकाउने ग्यास सिलिण्डर लिक भैइ आगलागी हुँदा गम्भीर घाइते भएका दाङको  तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका ४० वर्षका वसन्त वलीको ज्यान गएको छ । उपचारका क्रममा गएराति वलिको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उहाँकी श्रीमती ३५ वर्षीया गीता वली गम्भीर घाइते हुनु भएको थियो।दुवै जनाको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारको क्रममा वसन्तको मंगलबार राती ज्यान गएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ । गीताको भने त्यही अस्पतालमा उपचार भइरहेको छ ।कुखुराका बच्चा निकाल्न तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास  लिक भएर आगलागी भएको थियो । 

प्रकाशित : ७ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६