ब्रेकिंग न्युज

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आज पनि बहस सुरु



काठमाण्डौ ७ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार  पनि सर्वोच्च अदालतमा बहस भइरहेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दामाथि गएको आइतबारदेखि नियमित सुनुवाइ भइरहेको हो ।अहिलेसम्म प्रतिनिधि सभा विघटनको विपक्षमा अधिवक्ताहरूले बहस गरिरहेका छन् । बहसका क्रममा अधिवक्ताहरूले घण्टौँसम्म समय लिएपछि बुधबारदेखि समय तोकिएको छ ।बुधबारदेखि एक जना अधिवक्ताले बढीमा आधा घण्टा बहस गर्न पाउने गरि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले समय निर्धारण गर्नुभएको सर्वोच्च अदालतले जनाएको छ ।

बुधबारको पहिलो बहस संविधानविद् चन्द्रकान्त ज्ञवालीले गर्नुभएको छ । उहाँलाई प्रधानन्यायाधीश राणाले आधा घण्टाको समय दिनुभएको थियो ।बहसमा ज्ञवालीले प्रतिनिधि सभाबाट सरकार गठनको सम्भावना भएसम्म विघटन गर्न नमिल्ने दाबी गर्नुभयो । उहाँले अहिले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कुनै कारण नै नभएको भन्दै प्रधानमन्त्रीको मनलाग्दी निर्णयलाई सर्वोच्चले सच्याउनुपर्ने बताउनुभयो ।  

प्रकाशित : ७ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६