सूचना र प्रविधि

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलि देखि हट्ने



काठमाण्डौ ८ माघ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार (भोलि) देखि हट्ने भएको छ ।दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो ।

यसैबीच अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता भुसालले बताउनुभयो ।  यसअघि कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम कोटा तोकेर गएको पुस १४ गतेदेखि खुलेको थियो ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६