सूचना र प्रविधि

सम्झौता अनुसार बक्यौता रकम नपाएपछि उखु किसानद्धारा पुन आन्दोलनको घोषणा



काठमाण्डौ ८ माघ । सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् ।उखु किसानले शुक्रबारदेखि फागुन सात गतेसम्म जागरण अभियान, फागुन आठ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन १४ गतेदेखि २१ गतेसम्म एक छाकमात्र खाएर खेतमा काम गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसपछि अर्को चरणको आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

चिनी उद्योगबाट उखुको बक्यौता नपाएपछि काठमाण्डौ आएर आन्दोलन गरेका किसानहरू सरकारले २१ दिनभित्र सबै बक्यौता उपलब्ध गराउने सम्झौता गरेपछि फर्किएका थिए । तर २१ दिने समयसीमाभित्र सबै बक्यौता भुक्तानी नभएपछि फेरि आन्दोलन गर्नुपरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिनुभयो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले पाउनुपर्ने ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी भएको र आठ करोड मात्रै बाँकी रहेको बताए पनि त्यसको विवरण नदिएको रायले बताउनुभयो । कुन किसानले कति रकम पाए भन्ने विवरण मन्त्रालयले नदिएकाले उद्योगीले गरेको भनिएको भुक्तानी पनि विश्वसनीय नभएको किसानको भनाइ छ । 

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६