ब्रेकिंग न्युज

प्रतिनिधि सभा पुनस्स्थापना नभइ चुनाब हुन सक्दैँन : डा. भट्टराई



बुटवल ९ माघ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनस्स्थापना नभइ चुनाब हुन नसक्ने बताएका छन्। प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले प्रतिनिधि सभा विघटन नयाँ जनमतका लागि नभई व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण भएको भन्दै उनले वैशाखमा चुनाब हुन नसक्ने बताए।शक्तिशाली बन्ने महत्वाकांक्षा बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै निकायलाई आफ्नो मातहतमा ल्याएको र त्यसैअनुसार निरंकुशता लाद्न खोजेर प्रतिनिधि सभा विघटन गरेको उनको तर्क छ।

उनले ओलीले सत्ताकब्जा गर्ने शैलीमा संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेको बताए। ‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो,’ उनले भने, ‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वाकांक्षाले प्रेरित छ।’उनले निर्वाचन आयोगदेखि सर्वोच्च अदालतलाई समेत ओलीले प्रभावमा पारेर आफ्नो अनुकुल प्रयोग गर्न खोजेको बताए।

‘सबै कुरा सेटिङमा भएको छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा सेटिङ भएको छ,’ डा. भट्टराईले भने, ‘अदालतबारे मैले बोल्नु उपयुक्त हुन्न, तर अरुले प्रश्न उठाइरहेका छन्, सुरक्षा निकाय, संवैधानिक आयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर सबै अंग नियन्त्रणमा लिइसकेपछि मात्रै संसद विघटन भएको छ, यो सबै पूर्वतयारी अनुसार नै भएको देखिन्छ।’ओलीले अदालतलाई समेत प्रभावमा पारेको बताउँदै उनले अदालतले प्रतिनिधि सभा पुनस्स्थापना नगरे मुलुक अस्थीरता र विदेशीहरुको हस्तक्षेपतर्फ जाने बताए। प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्नेमा भट्टराईले बताए।

संसद विघटनको घटना हिमशिखरको टुप्पो देखिएको अवस्था मात्र हो भन्दै भट्टराईले अदालतबाट यो नसच्चिए हिमशिखर फुटेजस्तै जोखिम हुने बताए। ‘संसद विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो,’ भट्टराईले भने, ‘नभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ, त्यसले मात्रै संसद पुनस्थापना गर्नसक्छ।’जनता समाजवादी संघ र प्रदेश सरकारमा सहभागी हुने चर्चाबारे पत्रकारहरुको प्रश्नको जवाफ दिदै भने(पहिले यो ओलीको प्रतिगमन सच्चिनुपर्‍यो, प्रतिगामी कदम सच्चिनुपर्‍यो, प्रतिगमन सच्चिएपछि मात्रै के गर्ने भन्नेबारे सोचौंला, अहिले प्रतिगमनलाई सच्याउनुपर्छ, त्यसका लागि लाग्ने हो, मलामी जान हिडेको छ, भोजभतेर र दक्षिणा कति आउला भनेजस्ता कुरा नगरौं।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६