स्वास्थ्य

थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ९ माघ । शुक्रवार थप तीन ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २० लाख ३५ हजार तीन सय १ जनाको पिसिआर परीक्षण गरिएको छ। शुक्रबार ३ तीन हजार पाँच ५ सय ४५ जनाको कोरोना परीक्षण गरिएको थियो।मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६८ हजार ९ सय ४८ जना छन्।

जसमध्ये सक्रिय संक्रमित ३ तीन हजार ६ सय १४ छन्। बितेको २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ८६ जना पुगेको छ भने चार ४ सय ८० संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६३ हजार तीन सय ४८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय ५८ छ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६