रामेछाप ११ माघ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो ।बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताए ।
रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको छ ।बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् । मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो । रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ ।अदालतबाट म्याद लिएर बोहरामाथि अनुसन्धान गरिने डिएसपी कँडेलले बताए ।
प्रतिक्रिया