स्वास्थ्य

कोरोना विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने,प्रधानमन्त्री ओलीले अभियान उद्घाटन गर्ने



काठमाडौं ११ माघ। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियान उद्घाटन गर्नेछन् ।मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गरे ।भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप प्रदेश प्रदेशमा पठाइँदैछ ।

प्रकाशित : ११ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६