काठमाडौं १३ माघ,। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताउनुभएको छ ।मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राख्नुभएको हो । ‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ मन्त्री पौडेलले भन्नुभयो ।निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको भन्दै उहाँले देशको विशेष परिस्थितिलाई ख्याल गरिदिन आग्रह गर्नुभएको हो । निर्वाचनबाट नै लोकतन्त्र मजबुत हुने उहाँको भनाइ छ ।
१३ माघ २०७७, मंगलबार
प्रतिक्रिया