ब्रेकिंग न्युज

पाल्पाको हुमिनमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहितको बैंकिङ्ग सेवा सञ्चालनमा



पाल्पा १३ माघ ।  ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन ९ग्याङ्गसिंग पोखरा०मा नयाँ शाखारहितको बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २४५ पुगेको छ ।शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन चार नम्बर वडाका वडाअध्यक्ष भोजबहादुर विकले गर्नुभएको हो । शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि विष्णुबहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने लगायतका सेवालिन सकिने छ ।कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि​ शाखारहित बैंकिङ्ग सेवाको सुरु गरिएको ग्लोबल आइएमई बैंकले जनाएको छ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६