पाल्पा १३ माघ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन ९ग्याङ्गसिंग पोखरा०मा नयाँ शाखारहितको बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २४५ पुगेको छ ।शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन चार नम्बर वडाका वडाअध्यक्ष भोजबहादुर विकले गर्नुभएको हो । शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि विष्णुबहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने लगायतका सेवालिन सकिने छ ।कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि शाखारहित बैंकिङ्ग सेवाको सुरु गरिएको ग्लोबल आइएमई बैंकले जनाएको छ।
प्रतिक्रिया