अर्घाखाँची १३ माघ । अर्घाखाँचीमा बाबुले २ वर्षीया छोरीको हत्या गरेका छन् । सितगंगा नगरपालिका–२ झिर्रामा २४ वर्षीय सन्तोष घिमिरेले २ वर्षीया छोरीको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।छोरीलाई घरमा एक्लै भएको मौका छोपेर घिमिरेले घरभित्रै सुतिरहेको बेला मंगलबार डोरीले घाँटी कसेर छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
घरमा सन्तोषकी आमा र बाबु काम गर्न बारीमा गएका थिए । सन्तोषकी श्रीमती केही महिनादेखि कपिलवस्तुको चार नम्बरमा बस्दै आएकी छन् ।दुई दिनअघि श्रीमतीलाई लिन चार नम्बर गएका थिए तर आउन मानिनन् । श्रीमान–श्रीमतीको झगडा भएपछि रिसको झोंकमा छोरीको उनले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । हत्यापछि सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।स्रोत : मायादेवी अनलाईन
प्रतिक्रिया