काठमाडौँ १४ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन स्वरुप माइतीघरमा धर्ना कार्यक्रम आयोजना गरेको छ।माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधिसभा विघटनविरुद्ध धर्ना दिएका हुन।उनीहरु लोकतान्त्रिक शक्तिहरु एक होऔँ, राष्ट्रिय स्वाधिनताको रक्षा गर, संसद विघटन गर्न पाइँदैन, निरङ्कुशतन्त्र चाँहिदैन, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद १, प्रतिनिधिसभाको असंवैधानिक कदम खारेज गर लगायतका पम्प्लेट बोकेर धर्नामा बसेका छन्।
१४ माघ २०७७, बुधबार
प्रतिक्रिया