स्वास्थ्य

सरकारद्धारा दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने तयारी



काठमाण्डौ १५ माघ । सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताउनुभयो । उहाँकाअनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । तर, भारतले अब खोप अनुदानमा पठाउने नपठाउने निश्चित भइसकेको छैन । 

खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी रहेको डाक्टर समिर अधिकारीले बताउनुभयो । यस्तै, पहिलो चरण अन्तर्गतको खोप आज पनि वितरण गरिँदै छ । हिजो प्राविधिक कारणले खोप पुर्‍याउन नसकिएका जिल्लामा आज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।हिजो प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लामा मात्रै खोप लगाउन सुरु गरिएको थियो  । यस्तै, लुम्बिनी  प्रदेशका केही जिल्ला र  सुदूरपश्चिमको बाजुरामा पनि हिजो खोप लगाउन सुरु भएको थिएन ।

आज देशका ७७ वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु हुने स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । उहाँकाअनुसार हिजो खोप लगाउन बाँकी रहेका लक्षित वर्गलाई आज पनि खोप दिइने छ । हिजो ९ हजार ८४ जनाले विभिन्न खोप केन्द्रबाट खोप  लगाएका थिए । भारतले गएको ८ गते नेपाललाई कोरोनाविरुद्धको खोपको १० लाख डोज हस्तान्तरण गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो । विज्ञले ढुक्क भएर खोप लगाउन आग्रह गर्दै आएका छन् । हिजो खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६