जीवनशैली

बाल पोषण भत्ताले बढायो नागरीकता !



कपिलवस्तु १५ माघ ।सरकारले ५ बर्ष भित्रका बालबालिकालाई बाल पोषण भत्ता दिने भएपछि कपिलवस्तुमा नागरिकताको प्रमाण पत्र बनाउनेको भीड बढेको छ । भत्ताका लागि बालबालिकाको आमा बुवा वा संरक्षकको नागरिकता अनिवार्य गरिएपछि कपिलवस्तुमा नागरिकता बनाउन आउनेको संख्या बढेको हो । यस अघि दलित समुदायका ५ बर्ष मनुीका बालबालिकालाई दिदै आएको बाल पोषण भत्ता ५ बर्ष मुनीका सबैले पाउने सरकारले निर्णय गरेको छ । 

    भत्ता बापत प्रति महिना बाल पोषणका लागि ४ सय रुपैया पाउने छन । तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय जितपुर र चन्द्रौटा स्थित ईलाका प्रशासन कार्यालयमा नागरिकता लिनको संख्या दोब्बरले बढेको हो । कपिलवस्तु नगरपालिका वडा नम्बर २ लमतीयाकी अनामिका रैदासले बालपोषण भत्ताकालागि नागरिकता बनाउने आएको बताईन । गत सोमबार ५ महिने  छोरी अचर्नालाई काखमा च्यापेर आफनो श्रीमान बावुरामसंग नागरिकता लिन प्रशासन कार्यालय पुगेकी उनले छोरीले भत्ता पाउने भए पछि नागरिकता बनाएको बताईन । 

    सरकारले बालपोषण भत्ता दिने र त्यसकालागि आमा बुवाको नागरिकता अनिवार्य गरे पछि नागरिकता बनाउनेको संख्या निकै बढेको सहायक प्रअिज गणेश नेपालीले बताए । बाल पोषण  भत्ताकालागि पालिकाको बडा कार्यालयमा बालबालिकाको जन्मदर्ता, आमा बुवाको नागरिकताको प्रमाण पत्र पेश गर्नु पर्ने प्रावधान बनाइएको छ । ‘ आमा र बुवाको नागरिकता बालपोषण भत्ताकालागि अनिवार्य गरिए पछि एक साता यता नागरिता बनाउने संख्या धेरै बढेको छ ’ सहायक प्रजिअ नेपालीले भने ‘ नागरिकताको हराएको प्रतिलिपी नागरिकता लिने पनि उस्तै बढेका छन । ’ 

   जिल्ला प्रशासन कार्यालमया नागरिकता प्रमाण पत्रको लागि दैनिक ३ सय बढी आबेदन समेत पर्ने गरेको छ । सरकारले राकेको बैबाहिक अंगीकृत नागरिकता समेत खुला गरेको र खेतीपातीको समेत सिजन नरहेकाले नागरिकता लिने बढको उनले बताए । नागरिकता लिनेको संख्या बढे पछि प्रशासन कार्यालयमा रहेको नागरिकता फाटमा मुद्दा फाटका २ नासु, प्रसाशन फाटका एक नासु मात्र नभै अनुसंधान कार्यालयका र्कचारीहरु पनि सहयोगकालागि खटने गरेको छन । यस अघि नागरिकता फाटको जिम्मा ७ जना कर्मचारीहरुलाई लगाइएको थियो ।  नागरिकता लिनेको भीड बढे पछि प्रशासन कार्यालयको गेटमा नै सेवाग्राहीलाई रोकेर राख्नु परेको छ । प्रशासन कार्यालयको भवनको तल्लो तला र परिसरमा नागरिकताकालागि ठ्लो लाईन लाग्ने गरेको छ । 

   उता नागरिकता लिनेको संख्या बढे पनि प्रशासन कार्यालयमा दरबन्दी अनुसार प्रशासकीय अधिकृत, नासु र खरिदार नहुदा गाह्रो परेको प्रजिअ दीघृ नारायण पा्रडेलले बताए । अहिले ३ वटा दरबन्दी रहेको प्रशासीय अधिकृतमा केवल एक जना मात्र कार्यरत छन । यस्तै १० नासुमा ३ जना खाली र ५ खरिदारमा २ जना खाली छन । एक जना मात्र प्रशाकीय अधिकृत दासुराम पौडलले नागरिकताको प्रमाण पत्रमा हस्तास्क्षर गर्ने गरेकोले काममा ढिालइ भएको छ । प्रशासकीय अधिकृतको नहुदा अहिले प्रतिलिपी नागरिकताको प्रमाण पत्र र राहदानी फाटको कामको जिम्मा सहयाक प्रअिज नेपालीले लिएका छन । 

    प्रजिअ पौडेलले कर्मचारी अभावको बेला सेवाग्रूाहीको चाप बढे पछि काममा बाधा आएको बताए ।  गत माघ ७ देखि १४ गते सम्म प्रशासन कार्यालयमा नया नागरिकता ४ सय २१ र प्रतिलिपी नागरिकतको प्रमाण पत्र ५ सय ६० जनाको बनेको प्रशासन फाटकी प्रमुख सिता बन्जाडेले बताईन । 

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६