स्वास्थ्य

८८ हजार ७ जनाले लगाए कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप



काठमाण्डौ १९ माघ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतवार पाँचौँ दिनसम्म ८८ हजार सात जनाले लगाएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवारसम्म प्रदेश नं १ मा १२ हजार सात सय ६३, प्रदेश नं २ मा ११ हजार ५७, वाग्मती प्रदेशमा २८ हजार ६ सय ८३ जनाले खोप लगाएका छन् ।त्यस्तै गण्डकी प्रदेशमा १२ हजार तीन सय ११, लुम्बिनी प्रदेशमा १० हजार सात सय ६०, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार आठ सय ७७ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोप यही माघ १४ गतेदेखि देशभर एक सय ८५ खोप केन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । मन्त्रालयले पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरि खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोभिशिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताउनुभयो । खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती सामान्य असरमा खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, शरीर चिसो भएको महसुस गर्ने र सामान्य ज्वरो तथा वाकवाकी लाग्ने सामान्य असर देखिएको छ । उहाँले त्यस्ता असर देखिए पनि यी सबै केही समयपछि ठिक भएका जानकारी दिनुभयो ।मन्त्रालयले कुनै त्यस्तो समस्या देखिए औषधिको व्यवस्थापनसहितको समूह राखिएको जनाएको छ । 

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६