प्रदेश

चराको स्वर्गमा अवलोकन गर्न पर्यटकको तछाड मछाड



कपिलवस्तु २१ माघ । चरा महोत्सवको सन्दर्भमा जगदिशपुरमा आयोजित आठौ चरा महोत्सवमा वाइनाकुलरवाट चराको गति र अवस्था नियाल्न वाह्यतथा आन्तरीक पर्यटकको तछाड मछाडले जगदिशपुरको माहोल तताएको छ । बिश्व सिमसार क्षेत्रमा सुचीकृत जगदिशपुर तालमा गरिएको आठौे चरा महोत्सवमा हजार बढी पर्यटकले एकैदिनमा चरा अबलोकन गरेका छन् ।

    २५ औ सिमसार दिवसका अवसरमा गरिएको चरा महोत्सवमा चरा हेर्न आउने पाहुनालाई नजिकबाट चरा हेर्नका लागि आयोजकले देखाएको थियो । तालको पश्चि पट्टी निर्माण गरिएको भ्यु टावर तालको डीलबाट पर्यटकहरुले चराको अवलोकन गरेका थिए । पर्यटकलाई  लक्षित गरी ४ बाईनाकुलर जडान गरेर रािखएको थियो । ताल र चराका बिषमया नेपाल पंक्षी संघका देब बहादुर रानाले तालमा देखिने आगन्तुक चराका बिषयमा जानकारी गराउनु भएको थियो ।  

 चरा आएको देश र ठाउ, प्रजाति  भन्दै चरा अवलोकन गराएका थिए । त्यस्तै उहाँले चराको महत्व बताउदै त्यसको जर्गेना गर्नु पर्ने कारण पनि बताउनु भएको थियो । चरा हेर्न छिमेकी जिल्ला रुपन्देही ,बुटवल ,भैरहवाबाट पनि सर्बसाधारण आएका थिए । यस्तै छिमेकी गाउँको बिद्यार्थी चरा हेर्न ताल आएका थिए । सधै कार्यालयको कामबाट फुर्सत नहुने प्रजिअ दीर्घ नारायण पौडेलले समय झिकेर धीत मार्ने गरि चरा हेरेर आनन्दित भएको बताउनु भयो । ‘ पंक्षीहरुले भरिभराव तालमा चराको चिरबिराहले निकै रमाईलो लाग्यो ’ बाईनाकुरले चरा हेर्दै उहाँले भन्नु भयो । यस्तै शान्ति सुरक्षामा सधै  ब्यस्त रहने प्रहरी उपरिक्षक नवराज अधिकारीले जगदिशपुरमा चरा सहीतको मनमोहक दृश्यले आफुलाई निकै संतुष्टी मिलेको बताउनु भयो  ।

    श्रीमतीसँगै तालमा पुगेका प्रहरी उपरिक्षक अधिकारीले चरा जल विहार, चिरबिराहट र जलक्रिडाले आफू निक्कै रोमाञ्चित भएको बताउनु भयो । ’  एकै छिनमा ३० बढी प्रजातिको चरा देखे पछि मनै फुरुङ भएको प्रदेश सदस्य बिष्णु पन्थीले बताउनु भयो । ‘  चरा हेरेर शान्तिको अनुभुति पाए,  बुद्ध शिक्षाबाट शान्ति आउछ भन्ने उनी चरा हेरेरै शान्तिको अनुभूति गर्न सकिन्छ भन्ने नयाँ अनुभव गरे । ’ चरा महोत्सवम हेर्न धेरै संचारकर्मी पनि पुगेका थिए । चरा पर्यटनको गन्तब्य बनाउन तालमा चरा महोत्सव गरिएको आयोजक जगदीशपुर जलायस बहुसरोकार मंचका अब्दुल रसिद खाले बताउनु भयो ।

    जगदीशपुर ताल बहुसरोकार मंचद्वारा आयोजित कार्यक्रममा अतिथिहरुले चरा संरक्षण गरेर पर्यटकीय गन्तब्य बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिईएको थियो । तालमा चरा र माछाको चोरी शिकारी नियन्त्रणमा ठोस कदम चाल्नु पर्ने सहभागीहरुले बताएका थिए । जैबिक विविधता र चराको महत्ब मात्रै देखाउन योजना बनाएर लाग्न सकियो भने स्थानीयको राम्रो आर्यआर्जन हुने प्रजिअ पौडेलले बताउनु भयो  । 

    मञ्चका अध्यक्ष ललित गुरुङले तालमा अझै सम्म सरोकारवला निकायको ठोस सहयोग नहुदा दिगो बिकास हुन नसकेको गुनासो गर्नु भयो । उहाँले तालको बिकासमा सबैले चासो लिनु पर्ने बताउनु भयो । तालमा ढुंगा चलाईदा मानव गतिबिधि बढेकोले यस बर्ष चराको संख्यामा कमी आएको भन्दै चराबिदहरुले चिन्ता  ब्यक्त गरेका छन । १ सय ५७ हेक्टरमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय ८ बढी प्रजातिका चरा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाईने पंछी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ ।

     बिश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चराहरु पनि देख्न पाईन्छ । तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाईने बरिष्ठ चराबिद् डा. हेमसागर बरालले बताउनु भयो  । ताल नेपालमा पाईने २७ प्रजातिका चराका लागि महत्बपुर्ण क्षेत्रका रुपमा रहेको छ । ताल पर्यटकिय र जैबिक बिबिधताले निकै महत्बपुर्ण छ । 

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६