स्वास्थ्य

बुद्धभुमिका १ सय ६० जनालाई कोरोना खोप



 कपिलवस्तु २१ माघ । सरकारले पहिलो चरणमा संचालन गरेको खोप अन्तरगत बुद्धभुमि नगरपालिकामा अग्र पङतींमा खटिने स्वास्थ्य कर्मी ,स्वयसेविका एक्बुलेन्स चालन तथा सफाई कर्मचारीलाई गरि १सय ६० जनालाई कोरोनाको खोप लगाएको बुद्धभुमि नपा स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत गोकर्ण अर्यालले जानकारी दिनु भएको छ ।

 जिल्ला स्वास्थ्य कार्यालयवाट खटिएको २ओटा टिमले बुद्धभुमि नपा  ५ राजपुर स्वास्थ्य चौकिमा ६० जना र बुद्धभुमि नपा २ गोरुसिहेको हेल्थपोष्टवाट १सय जनालाइ खोप लगाइए को छ ।पहिलो चरण अन्तरगत सरकारले सफाईकर्मी स्वास्थ्य कर्मी र एम्बुलेन्सका चालकहरुलाई खोप दिएको हो । पहिलो पटक लगाएकालाई  २८ दिन पुन अर्को खोप लगाउनु पर्ने राजपुर स्वास्थ्य चौकिका प्रमुख विष्णुदेव खनालले बताउनु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयवाट खटिएका अनमी रन्जना कुवरले खोप लगाई सके पछि सामान्य जोरो आउनु तथा रिगटा लाग्नु जस्ता टाउको दुख्ने लक्षण देखिन सक्ने भएकोले सिटामोल खान सुझाव दिनु भएको छ । यस्तै पहिलो पटक खोप लगाउनु भएकी स्वास्थ्य कर्मी माया केसीले भने आफुलाई कुनै लक्षण नदेखिएको बताउनु भएको छ ।  

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६