अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्तले राजीनामा दिएका छन् । कार्यबाहक प्रमुख गणेशराज जोशीले राजीनामा दिँदै सोसम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको अख्तियार स्रोतले जनाएको छ ।अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उनले राजीनामा दिएका हु्न् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी थिइन् भने उनीहरुको आजै पद तथा गोपनियताको शपथ भएको थियो ।
जसअनुसार राईको अख्तियारमा प्रवेश भएको हो । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् । यस्तै अख्तियारको आयुक्तमा जयबहादुर चन्दको समेत नियुक्ति भएको छ । उनलाई तत्कालीन देउवा सरकारले प्रहरी प्रमुख बनाउन खोजेपछि अदालतले उल्ट्याइदिएको थियो । एआईजीबाट अवकाश भएपछि उनले अहिले फेरि काँग्रेस सभापति शेरबहादुर देउवाकै जोडबलमा अख्तियारमा प्रवेश पाएका हुन् । अख्तियारकै आयुक्तको रुपमा किशोर कुमार सिलवाल पनि नियुक्त भएका छन् ।
प्रतिक्रिया