सूचना र प्रविधि

पहाडी जिल्लामा हिमपातको सम्भावना ,लुम्बिनी प्रदेश सहित केही ठाउँमा पानी पर्ने



काठमाण्डौ २२ माघ ।  आज हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँ र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।आज राति वाग्मती प्रदेशभन्दा पश्चिमतिर पश्चिमी वायुको प्रभाव पर्ने र हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।उहाँकाअनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ । यस्तै अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद्ले बताएका छन् ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६