काठमाण्डौ २२ माघ । क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ ।विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् ।अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।१० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी पिएर र नियमित व्यायामको कमीले हुने रोग र सङ्क्रमणका कारणले क्यान्सर हुने गरेको छ ।
बाँकी क्यान्सरका कारणहरुमा विकीकरण र विभिन्न संक्रमणहरु पनि रहेका छन् ।विकासोन्मुख देशहरुमा भने हेपाटाइटिस बी, सी, ह्यूमन प्यापीलोमालगायत भाइरसले पनि क्यान्सर हुने गरेको छ । यस्तै ५ देखि १० प्रतिशतसम्म पुस्तैनी रुपमा आनुवांशिक क्यान्सर हुने गर्छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने डाक्टरको भनाइ रहेको छ ।
प्रतिक्रिया