ब्रेकिंग न्युज

प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्ताल ५ बजेपछि अन्त्य हुने



काठमाडौ २२ माघ। नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्ताल ५ बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने बताएका हुन् । त्यसक्रममा उनले कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापा लगायत पक्राउ परेको जानकारी दिए । त्यसैगरी चावहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको बताए।

काठमाडौमा पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ । नेता रिजालका अनुसार मोरङमा १६ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा रामचन्द्र झा, मातृका यादवलगायतका १० जना नेता कार्यकर्ताहरु घाइते र १२ जना गिरफ्तार भएको नेकपाले जनाएको छ । त्यसैगरी बीरगञ्जबाट ३५, विराटनगर ७ जना र धरानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  आजको आमहड्ताल समग्रमा सफल भएको पनि प्रचण्ड–नेपाल समूहले दावी गरेको छ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा सो समूहले आज आमहड्ताल घोषणा गरेको हो।  

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६