ब्रेकिंग न्युज

प्रचण्ड-माधव कुमार नेपाल पक्षले गरेको बन्द खुल्यो



काठमाडौँ २२ माघ ।प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ । आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक बन्द सम्पन्न भएको बताए । बिहीबार नेकपाको दाहाल-नेपाल पक्षले आमहड्ताल आह्वान गरेको थियो ।बन्द खुलेकोबारे श्रेष्ठले भने, नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ । शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल लगाएको श्रेष्ठले दाबी गरे ।

उनले भने, हामीले शान्तिपूर्ण बन्द आह्वान गर्दा पनि प्रहरीले विभिन्न ठाउँमा बल प्रयोग गरेको छ । हाम्रा सयौं नेता कार्यकर्ता घाइते भएका छन् । सयौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।बन्दका क्रममा नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झालगायतका नेताहरू घाइते भएका छन् । टाउकोमा चोट लागि गम्भीर घाइते भएका नेता झालाई जनकपुरबाट काठमाडौं रिफर गरिएको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६