कपिलवस्तु २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालाई सफल बनाउदै हिडेका नेकपा कपिलवस्तुका कार्यक्रता रिहा भएका छन। बन्दको आह्वान गर्दै हिडेका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कपिलवस्तुका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएर रिहा गरेको छ ।
सदरमुकाम तौलिहवाबाट नेकपाका जिल्ला सदस्य दिपक पाण्डे र विद्यार्थी नेता हरिश चन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।पाण्डे र खनाललाई नियन्त्रणमा लिएको र साझँ विना सर्त रिहा गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भएको छ।
प्रतिक्रिया