स्वास्थ्य

खोप खरिदका लागि चीनले सहजीकरण गर्न तयार



काठमाडौं २५ माघ । नेपाललाई अनुदानमा ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले खरिदका लागि पनि सहजीकरण गर्न तयार रहेको बताएको छ ।शुक्रबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले सो प्रतिवद्धता व्यक्त गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन वार्तामा वाङले ५ लाख डोज अनुदानमा उपलब्ध गराउने र नेपालका लागि आवश्यक खोप खरिदका लागि सहजीकरण गर्न तयार रहेको बताउनु भएको छ ।

’चीनले सिनो फार्मले विकास गरेको खोप नेपाललाई दिन लागेको हो । चीनले अनुदानमा दिने भनेको खोप सकेसम्म छिटो ल्याउनका लागि नेपाली अधिकारीहरुसँग परामर्शमा रहेको दूतावासले जनाएको छ ।यसअघि भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई उपलब्ध गराएको सरकारले अब दोस्रो चरणमा कूटनीतिक नियोगमा कार्यरत कर्मचारी र पत्रकारहरुलाई उपलब्ध गराइने जनाएको छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६