कपिलवस्तु २६ माघ । प्रचण्ड —नेपाल निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तुको अध्यक्षमा विष्णु पन्थीले जिम्मेवारी पाउने टुंगो लागेको छ । उहालाई अध्यक्ष वनाउन सम्वन्धित कमिटीले केन्द्रमा सिफारिस गरेको हो । स्थायी कमिटीले उहालाई छिटटै अध्यक्षमा नियुक्त गरेको सार्वजनिक गर्ने वताइएको छ ।
प्रदेश सांसद समेत रहनु भएका पन्थी लोकप्रिय नेता हुनुका साथै बिकासप्रेमी समेत मानिनु हुन्छ । अध्यक्षमा पन्थी सिफारिस भएपछि प्रचण्ड माधव समुहको सचिव विष्णु शाह (रामचन्द्र ) बन्ने निश्चित भएको छ ।
प्रतिक्रिया