सूचना र प्रविधि

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प



ताप्लेजुङ, २७ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज (मंगलबार) बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । अनुसन्धान केन्द्रले भूकम्प गएको ठाउँ नेपालको ओलाङचुङगोला र चीनको सीमा भएको जनाएको छ ।ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका छन । ओलाङचुङगोलामा भूकम्पले कुनै क्षति नभएको वडा कार्यालयका कर्मचारी तेञ्जिङ वालुङले जानकारी दिए । ‘हल्लाउन नै चाहिँ निक्कै मज्जाले हल्लायो । मान्छेहरु भूकम्प गयो भन्दै बाहिर पनि निस्किए । तर, कुनै क्षति भएको छैन,’ उनले भने ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६