काठमाडौं २७ माघ। प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । समूहसहित निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए ।आयोगलाई निर्वाचन प्रक्रिया एक मिनेट पनि नरोक्न आग्रह गरेका ओली शितल निवास पुगेका हुन् । सोमबार मात्रै मन्त्रिपरिषद्ले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
२७ माघ २०७७, मंगलबार
प्रतिक्रिया