विचार/ब्लग

संविधानको चीरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने झाँक्रीको भनाई



काठमाण्डौ २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताउनुभएको छ । बुधवार नेकपाको प्रचण्ड–माधव पक्षले काठमाण्डौमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले संविधानको चीरहण गर्नेहरूका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताउनुभएको हो । अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइने उहाँको भनाइ छ ।नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने नेतृ झाँक्रीले बताउनुभयो ।उहाँले आफूले राष्ट्रपति संस्था शिरमाथिको संस्था भएकाले राष्ट्रपति संस्थाविरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सही छाप गरी निरङ्कुशताको साक्षी बस्छ भने त्यस्तो पात्रको विरुद्ध बोल्न पाइने उहाँको भनाइ छ ।नेतृ झाँक्रीले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताउनुभयो । उहाँले अहङ्कारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताउनुभयो । उहाँले सर्वोच्च अदालतले कानुनसम्मत, संविधानसम्मत फैसला गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।अदालतप्रतिको विश्वास डगमगायो भने राज्यको शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने उहाँको भनाइ छ । 

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६