ब्रेकिंग न्युज

प्रधानमन्त्रीले उदघाटन गरेको दुई वर्षमा पनि वनेन डिपिआर



बुटवल, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उदघाटन गर्नुभयो । उदघाटन भएको दुई वर्ष हुनै लाग्दापनि मेडिकल कलेजको अझैसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि वन्न सकेको छैन । सरकारको ‘एक प्रदेश, एक मेडिकल कलेज’ को नीति अनुसार सरकारी मेडिकल कलेजका लागि सरकारले दुई वर्षअघि नै बजेट छुट्ट्याएको थियो । कार्यालय स्थापना गरेर काम सुरु गरेपनि अहिलेसम्म डीपीआर समेत बन्न सकेको छैन । आयोजना प्रमुख मानबहादुर घिमिरेले आयोजनाको भौतिक प्रगति नदेखिएपनि भित्रभित्रै झन्झटिला काम सकिएको र कोरोना महामारीका कारण पनि काम प्रभावित भएको बताउनु भयो । 

उहाँका अनुसार आयोजनाको डीपीआर गर्न ‘केड कन्सल्टेन्सी’ प्रालि काठमाडौं छनोट भएको र १० महिनामा उक्त कन्सल्टेन्सीले डीपीआर पूरा गर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिका–१ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको झण्डै दुई सय बिगाहा जमिनमा मेडिकल कलेज बन्ने भनिएको छ । योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुने छ ।त्यसका लागि करिब १२ अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । अस्पताल एक हजार बेड क्षमताको हुने भनिएको छ । सोही क्षेत्रभित्र दुईवटा ठूला भवनहरू समेत बन्ने जहाँ १ हजार विद्यार्थी पढ्न र ५ सय डाक्टर नर्स बस्ने सुविधा रहनेछ । सो क्षेत्रमा एउटा स्कूल, खेल मैदान, स्वीमिङ पुलसहित मेडिकल कलेजको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बन्नेछ ।

आयोजनाका इञ्जिनियर उमेश सिंहले यसै आर्थिक वर्षभित्र डीपीआर सम्पन्न गरेर टेन्डरको प्रक्रियामा जाने गरी काम भईरहेको बताउनुभयो ।आयोजनास्थलमा एउटा खेलमैदान पनि परेको छ । त्यसलाई अन्यत्र स्थानान्तरण गर्न नगरपालिकासँग समन्वय गरिरहेका आयोजनाले जनाएको छ ।अर्थमन्त्री विष्णु पौडेल यस अगाडि अर्थमन्त्री हुँदा उनैको पहलमा देशका सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने योजना ल्याइएको थियो । सुरूकै वर्ष आयोजनाका लागि १ करोड रूपैयाँ बजेट छुट्ट्याइएको थियो । वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) अनुसार आयोजनास्थलमा १३ हजार रूख काट्नुपर्ने अवस्था छ । त्यसका लागि वन मन्त्रालयबाट स्वीकृतको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ । 

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६