स्वास्थ्य

बहराइनले रुसमा विकास गरेको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति



काठमाण्डौ २९ माघ । बहराइनले रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले स्पुतनिक भी खोपलाई आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो । राष्ट्रिय स्वास्थ्य नियामक निकाय एनएचआरएले स्पुतनिक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्ने गरी अनुमति दिइएको जनाएको छ ।बहराइनका स्वास्थ्य अधिकारीले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा जोड दिएका छन् । बहराइनमा कोरोनाविरुद्धका अरु खोपको प्रयोग भने यसअघि नै सुरु भइसकेको थियो। 

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६