विचार/ब्लग

तिलोत्तमा नगरपालिका प्रमुख र उपप्रमुखले नेकपाको प्रचण्ड-नेपाल समूह परित्याग



बुटवल २ फागुन ।रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले नेकपाको प्रचण्ड-नेपाल समूह परित्याग गरेका छन्।यसअघि नेकपा नेता घनश्याम भुसालका अत्यन्त निकट रहेका घिमिरे र चौधरी नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहमा सक्रिय थिए।प्रचण्ड-नेपाल समूहका रुपन्देहीका विभिन्न कार्यक्रम समेत घिमिरेकै नेतृत्व र सक्रियतामा हुँदै आएका थिए। घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको एक सदस्यले बताए। घनश्याम भुसालको गृहनगरसमेत रहेको तिलोत्तमाका अधिकांश जनप्रतिनिधिले भुसालकै साथ छोडेपछि रुपन्देहीमा उक्त समूहमा व्यापक हलचल पैदा भएको छ।

नेकपा महासचिव बिष्णु पौडेलले आइतबार बिहान एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दै घिमिरे र चौधरी आफूहरूसँगै रहेको पुष्टि गरेका छन्। घिमिरेका प्रेस सल्लाहकार बिपी गौतमले पनि नगरप्रमुख र उपप्रमुखसगै अधिकांश कार्यपालिका सदस्यहरू ओली समूहमै रहेको बताए।बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेका थिए।घिमिरेको समूह परिवर्तनसँगै रुपन्देहीको राजनीतिमा नयाँ तरंग आएको छ।बुटवलमा सम्पन्न नेकपा जनसभालाई सम्बोधन गर्न शुक्रबार बुटवल आएका पौडेल शनिबार नै काठमाडौ फर्किने कार्यतालिका रहेको भए पनि घिमिरे र चौधरीसँगको छलफल र भेटघाटका लागि रोकिएर आइतबारमात्रै काठमाडौं फर्किएका छन्। सेतोपाटीबाट

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६