स्वास्थ्य

कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन प्रयोगका लागि अनुमति प्रदान



काठमाण्डौ ४ फागुन । नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ ।डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर कोभिशिल्डसहित दुई वटा खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपछि सूचीकृत गरेको बताएको छ ।

डब्लुएचओले सूचीकृत गरेका खोप कोभ्याक्स सुविधामार्फत् वितरण गर्न योग्य हुन्छन् । कोभ्याक्स अन्तर्गत नेपालले यही महिनामा साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने सरकारले जनाएको छ ।कोभिशिल्डको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने डब्ल्यूएचओले जनाएको छ । कोभ्याक्स सुविधाको खोपलाई समेत लक्षित गरेर सरकारले आउँदो २३ गतेबाट ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्ने तयारी गरेको छ ।डब्ल्यूएचओले यसअघि नै फाइजर–बायोएनटेक खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ । 

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६