बिजनेस

लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु



काठमाडौँ ५ फागुन । लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले रु दुई लाखसम्मको कर्जा लिन सक्नेछन् । कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता छैन । ऋणीले कर्जा प्राप्त गर्नका लागि बचतकर्ताले बैंकसँग गरेको कारोवारका आधारमा कर्जा उपलब्ध गराइने छ । कर्जाको अवधि ३० दिनसम्मका लागि निर्धारण गरिएको छ । कर्जाको माग डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ । कर्जा पूर्व स्वीकृत हुने हुँदा कर्जाको रकम सिधै बचतकर्ताको खातामा जम्मा गरिने बैंकले जनाएको छ । 

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६