अन्तर्राष्ट्रिय

इक्वेडर कारागारमा भएको झडपमा कम्तिमा ७५ जनाको ज्यान गयो



काठमाण्डौ १२ फागुन । इक्वेडरमा तीन वटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५  जनाको  ज्यान गएको छ । केही घाइते भएका छन् ।हिजो मंगलबार विरोधी समूहबीच झडप हुँदा ७५ जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । चक्कु र गोली प्रहारबाट यति धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।इक्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा हिजो रातिको समयमा झडप भएको हो ।  ८ सय प्रहरीको मद्दतमा प्रशासनले  कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको खबरमा उल्लेख गरिएको छ । कारागारहरुमा केही एम्बुलेन्सहरु अझै देख्न सकिन्छ ।  

 

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६