ब्रेकिंग न्युज

रूसले रातारात १८८ ड्रोन युक्रेनमा प्रक्षेपण गर्‍यो : भवनहरू तथा महत्वपूर्ण पूर्वाधारमा क्षति



काठमाडौं ११ मंसिर । रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ ।
पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन्, युक्रेनले भर्खरै रूसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने क्रेमलिनले प्रयोगात्मक हाइपरसोनिक मिसाइलले यसको जवाफ दिएको छ । सेनाले रूसले मानव रहित अज्ञात ड्रोनहरू प्रहार गरेको जनाउदै ड्रोनहरू इरानी डिजाइनका रहेको उल्लेख गरेको छ ।

सेनाले १७ स्थानमा ७६ वटा रुसी ड्रोन खसालेको तथा अन्य ९५ वटा इलेक्ट्रोनिक रक्षात्मक प्रणालीद्वारा ड्रोन खसालिएको जनाएको छ । युक्रेनको राजधानी किएभ सहरका अधिकारीहरूलाई उदृत गर्दै हवाई सतर्कता पाँच घण्टा चलेको र त्यहाँ दश वटा रूसी ड्रोनहरू खसालिएको एएफपीले जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६