अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ देखि



काठमाण्डौ १३ फागुन । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ तारिखदेखि हुने भएको छ ।सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ तारिखदेखि ६० वर्षभन्दा माथिका  व्यक्तिलाई खोप लगाइने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।दीर्घरोगीको हकमा भने ४५ वर्षमाथिकालाई पनि खोप दिइने त्यहाँका अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथ्याङ्क छ ।भारतले जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान सुरु गरेको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६