स्वास्थ्य

विश्वमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो



काठमाण्डौ १३ फागुन । विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ ।अहिलेसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् ।कोरोनाका कारण अमेरिका सबैभन्दा  धेरै प्रभावित छ  । त्यहाँ  कोरोनाका कारण सबैभन्दा धेरै पाँच लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।यस्तै, अमेरिकामा दुई करोड ८९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, भारतमा एक करोड १०  लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ५६ हजारभन्दा धेरैको ज्यान गएको छ । 

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६