कपिलवस्तु फाल्गुन १३ गते ।
कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा भेन्टिलेटर, आइसियु, सेवा समेत थप हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेका अनुसार अस्पतालमा ४ बेडको भेन्टीलेर र १० बेडको आइसियु सञ्चालनको तयारीको अवस्थामा रहेको बताउनु भयो । सङ्घीय सांसद बृजेश कुमार गुप्तले सांसद विकास कोष मार्फत भेन्टिलेटर र आइसियु सेवा थपका लागि १ करोड ४५ लाख रुपैया विनियोजन गरे पछि सेवा अस्पतालको सेवा वृद्धि हुन लागेको छ । २०२८ सालमा स्थापित अस्पतालमा हाल भौतिक सुविधा सम्पन्न र दक्ष प्राविधिक जनशक्ति थप गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
१२ करोडको लागतमा नयाँ भवन प्रयोगमा आए सँगै अस्पतालले नयाँ सेवा सञ्चालन गर्ने योजना बनाएको थियो । हाल अस्पतालमा २५ भन्दा बढी चिकित्सकहरूबाट सेवा प्रदान गरिँदै आएको । ५० शय्याको अस्पतालमा ८ विशेषज्ञ, २ डेनटल सर्जन, ११ मेडिकल अधिकृत र १ जना एमडि रेजिडेन्ट रहेका छन् । चैत्र महिनाबाट अस्पतालमा नेत्र रोग, बाल रोग, नाक कान घाँटी र डाइलासिसको विशेषज्ञ सेवा समेत थप हुने तयारी गरिएको छ । यसै गरी प्रयोगशाला, एकसरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले बताउनु भयो ।
अस्पतालमा प्रयोगशालाको स्तरबृद्धीका लागि सङ्घीय सांसद बृजेश कुमार गुप्तले पहल गरे पछि महिला तथा बालबालिका कार्यालयमा लेभल २ को प्रयोगशाला समेत निमार्णको चरणमा रहेको छ । लुम्बिनी प्रदेश सरकारले ५० लाख र कपिलवस्तुका १० स्थानीय सरकारबाट ६० लाखको लागतमा ल्याबका काम अगाडी बढेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनु भयो ।
प्रतिक्रिया