कपिलवस्तु ।
अपराध न्युनीकरणका लागि बालबालिकाहरु लाई सचेतना दिन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्य सामाग्री (पुस्तक) निर्माण गरेको छ । बिहिवार कपिलवस्तु नगरपालिकामा एक कार्यक्रमका विच उक्त पाठ्यसामाग्री विमोचन गरेको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिका भित्र रहेका ८० विद्यालयमा पुस्तक वितरण गरेको छ । विद्यालय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत तयार गरीएको पुस्तकमा ११ शिर्षक राखिएको छ । लागुऔषध दुव्र्यसनी, साइवर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, बोक्सी आरोप, बालवालिकामा हुने दुव्र्यवहार समावेस गरीएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जिल्ला भरीका सवै विद्यालयमा विस्तार गर्ने तयारीका कार्यक्रम लागु भएको बताउनु भयो । साप्ताहिक रुपमा कक्षा चलाउने गरी विद्यालयका प्रधानाध्यापक सँग समझदारी पत्रमा हस्ताक्षर भएको अधिकारीले बताए । प्रहरीले उपलव्ध गराएको पुस्तकले बालबालिकामा मात्र नभएर समुदायमा समेत अपराध न्यूनीकरणका लागि भुमिका खेल्न सक्ने कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए ।
पुस्तक छपाइका लागि मधेस मानव अधिकार गृह माहुरी होम ले सहज परियोजना मार्फत आर्थिक सहयोग गरेको थियो । जिल्ला भरी लागु गर्ने योजनाका साथ एक हजार वढी पुस्तक प्रकाशन गरी सवै विद्यालयमा पुराउने योजना रहेको माहुरी होममा अध्यक्ष रविन्द्रनाथ ठाकुरले बताउनु भयो । पुस्तक प्राप्त गरे पछि नियमित रुपमा बालबालिकालाई सिकाउदै जाने तिलौराकोट मा.विका प्रधानाध्यापक सन्जय वर्माले बताउनु भयो ।
प्रतिक्रिया