अन्तर्राष्ट्रिय

इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण



काठमाण्डौ १४ फागुन ।  अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । समाचार संस्था रोयटर्सकाअनुसार हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको हो।आक्रमणका कारण भएको क्षतिबारे जानकारी आइसकेको छैन । इराकमा रहेको अमेरिकी सेनाको शिविरमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप अमेरिकाले आक्रमण गरेको खबरमा उल्लेख गरिएको छ । यसअघि गएको हप्ता अमेरिकी सेनाको शिविरमा आक्रमण भएको थियो ।त्यो आक्रमणमा एक जना गैर-अमेरिकी ठेकेदारको ज्यान गएको थियो भने चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए ।  

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६