प्रदेश

कपिलवस्तु सहित १२ जिल्लामा हात्तीपाईले रोग निवारण औषधि खुवाइदैँ



कपिलवस्तु १४ फागुन । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाइने भएको छ ।चैत २० गतेदेखि झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्ण पौडेलले बताए । यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६