विचार/ब्लग

नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे राष्ट्रियसभा सदस्य कोमल वलीको आपत्ती



काठमाडौं १६ फागुन । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे आपत्ती जनाएकी छिन् । एक कार्यक्रममा पन्तले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए ।पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु बिचमै रोकिएको फेसबुकमार्फत प्रतिक्रिया दिएकी छिन् । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेकाले एकअर्काको आदर सम्मानविना समाजमा न्याय, समानता र विवेकशीलताको अन्त हुने वलीको भनाइ छ ।विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्ने भन्दै वलीले त्यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको छिट्टै दुर्घटना हुने टिप्पणी गरेकी छन् ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६