विचार/ब्लग

विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने प्रधानमन्त्री ओलीको दावि



काठमाण्डौ १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने बताउनुभएको छ ।झापामा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहका कारण देशमा भइरहेको समस्या छिटै समाधान हुने र वार्ताको तयारी भइरहेको बताउनुभयो । ‘छिटै वार्ता हुँदैछ, तपाईँहरूले घरघरमा बसेर त्यो वार्ता हेर्न पाउनुहुनेछ’, ओलीले भन्नुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घले आइतवार मात्रै सार्वजनिक गरेको विश्व शान्तिको सूचकमा नेपालले स्थान सुधार गरेको र दक्षिण एसियामै पहिलो देश बनेको पनि बताउनुभयो ।देशमा विकासको अभूतपूर्व लहर चलिरहेको ओलीको भनाइ छ । उहाँले औद्योगिक पार्कले नेपालको व्यापार घाटा घटाउन सहयोग पुग्ने बताउनुभयो । नेपालले विदेशबाट किनेर मात्रै ल्याउने नभइ बेच्ने हिसाबले पनि काम गर्नुपर्ने उहाँको भनाइ छ ।  

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६